नियम १०६
दर्ता किताब राख्नु पर्ने र भर्पाई दिनु पर्ने
(१) बिक्री भएको पूर्वयोग्यता सम्बन्धी
कागजात, बोलपत्र सम्बन्धी कागजात वा परामर्श सेवाको प्रस्तावको दर्ता अभिलेख
छुट्टा छुट्टै राख्नु पर्नेछ ।
(२) बोलपत्रदाता वा प्रस्तावदाता आफैले वा निजको प्रतिनिधिले पूर्वयोग्यताको
प्रस्ताव, बोलपत्र वा परामर्श सेवाको प्रस्ताव पेश गर्न ल्याएमा बुझि लिई निजलाई
मिति र समय खुलेको भर्पाई दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त भएको बोलपत्रको बाहिरी खाममा उपनियम
(१) बमोजिम दर्ता किताबमा दर्ता भएको दर्ता नम्बर उल्लेख गर्नु पर्नेछ ।
(४) बोलपत्र बिक्रि र दर्ता हुने समय समाप्त भएपछि अधिकार प्राप्त अधिकारी
वा निजले तोकेको अधिकृत कर्मचारीले उपनियम (१) बमोजिमको कितावमा दस्तखत
गरी सो किताव बन्द गर्नु पर्नेछ ।